मंगलबार, वैशाख १५, २०८३

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life
kumari

काठमाडौं- सरकारी कार्यालय आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ।  जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म तीन महिना बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुने गर्छन्। 

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले उल्लेख गरेको छ।  शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jan 30, 2023| 10:13 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।