मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

ललितपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी ६ जना घाइते भएका छन्। 

National life

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए। ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ। 

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको र घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था गम्भीर रहेको छ। 

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा४च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए।

प्रकाशित: Jan 30, 2023| 10:09 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।