सोमबार, जेठ ४, २०८३

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्रीमा

आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

National life

लघुवित्तले आज माघ १६ गतेदेखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि आइपीओ जारी गर्दैछ। सर्वसाधारणलाई १ लाख ६९ हजार ७५५ कित्ता सेयर निष्कासन हुनेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Jan 30, 2023| 08:30 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्