आइतबार, फागुन १७, २०८२

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

जनकपुरधाम- मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ। नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिए।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।

प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुंगेलले मुख्य जनकन्यायाधिवक्ता ठाकुरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन्।


प्रकाशित: Jan 29, 2023| 20:35 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।