मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर रानी क्षेत्रबाट एक बालिकासहित दुई जनाको उद्धार

विराटनगर रानी क्षेत्रबाट एक बालिकासहित दुई जनाको उद्धार

साना हातहरु नेपालले भापाकी २७ वर्षीया महिला र १४ वर्षीया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

विराटनगर- विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार गरिएको छ। साना हातहरु नेपालले भापाकी २७ वर्षीया महिला र १४ वर्षीया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो।

National life

माघ १२ गते झापाबाट काम खोज्दै विराटनगर आएका उनीहरुको भारतको सुपौलका ४० वर्षीय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग विराटनगरको एक होटेलमा भेट भएको थियो।

साहव र जागिरले काम लगाईदिने प्रलोभनमा होटेलमै राखेको र महिलालाई बलात्कार गरेको पीडितले बताएका छन्। माघ १३ गते विहान दुवै जनालाई भारत लैजान खोज्दा सीमा क्षेत्रबाट उद्धार गरिएको साना हातहरु नेपाल विराटनगरका प्रमुख विवश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार भारत लैजान खोज्ने दुवै जना विरुद्ध मानव वेचविखन तथा ओसारपसार र जवरजस्ती करणीमा मुद्धा दर्ता गरिएको छ।

प्रकाशित: Jan 29, 2023| 20:08 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।