बिहीबार, असार ११, २०८३

बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै पठान

फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९
National life
Shivam cement

काठमाडौं- शाहरुख खानको पछिल्लो फिल्म पठानले भारतका साथै अन्य देशमा पनि बक्स अफिस रेकर्ड तोड्ने क्रम जारी छ। फिल्म निर्माता कम्पनी यश राज फिल्म्सका अनुसार चार दिनमा पठानले विश्वर ४२९ करोड (चार अर्ब २९ करोड) कमाइसकेको छ। 

योसँगै फिल्मले सबैभन्दा छोटो समयमा ४ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी चलचित्रको रेकर्ड पनि कायम गरेको छ। चौथो दिनमात्र पठानले १०० करोडभन्दा बढीको बिजनेस गरेको छ। पठानमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा छन्।

शाहरुख चार वर्षपछि ठूलो पर्दामा फर्केका हुन्। जनवरी २५ मा पठान हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो। इन्डियन एक्सप्रेसका अनुसार विश्वका एक सयभन्दा बढी देशका करिब ८ हजार स्क्रिनमा पठान प्रदर्शन भइरहेको छ।

प्रकाशित: Jan 29, 2023| 19:46 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।