बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

काठमाडौं- ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो। तीन खेलमा ब्राजिलको ७ अङ्क छ। 

National life

समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। एटलान्टा स्टेडियममा आजै भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो। 

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे। भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाए। त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए। 

     खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाए। त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राजिलको जित सुनिश्चित भयो। यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन्।

प्रकाशित: Jun 25, 2026| 07:44 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्