आइतबार, साउन २४, २०८३

भक्तपुरमा देखियो 'बर्डफ्लू', ४८ हजार कुखुरा नष्ट

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

भक्तपुर- जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण  र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि  कुखुरा नष्ट गरिएको छ। 

बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए। बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए। जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए।

प्रकाशित: Jun 25, 2026| 11:15 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्