शनिबार, भदौ ६, २०८३

सुनचाँदीको मूल्य घट्यो

 |  बिहीबार, असार ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो। आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ।

बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो। एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो। मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो। अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित: Jun 25, 2026| 12:33 बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्