बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी

रविले फिर्ता गरे निस्क्रिय नागरिकता प्रयोग गरी लिएको राहदानी

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- रवि लामिछानेले नेपाली राहदानी फिर्ता गरेका छन्। निस्क्रिय भएको नागरिकता प्रयोग गरी उनले राहदानी लिएका थिए। 

National life

आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर उनले नागरिकता पुनः प्राप्त गरेपछि अघिल्लो निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन्। 

त्यसपछि राहदानी विभाग त्रिपुरेश्वर पुगेर लामिछानेले कायम नभएको बेलाको नागरिकता प्रयोग गरेर लिएको राहदानी फिर्ता गरेका हुन्। लामिछानेले अमेरिकी पासपोर्ट फिर्ता नगरी नेपाली राहदानी बनाएको समेत आरोप लागेको छ।

यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत गरिरहेको छ। दोहोरा राहदानी लिन नपाइने व्यवस्था विपरीत कायम नै नरहेको नागरिकताको प्रयोग गरेर लामिछानेले राहदानी लिएको आरोप लागेको छ।


प्रकाशित: Jan 29, 2023| 18:42 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।