सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिद्धिसिद्धि सिमेन्टको एक दिने निःशुल्क स्वास्थ्य शिविर

रिद्धिसिद्धि सिमेन्टको एक दिने निःशुल्क स्वास्थ्य शिविर

नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- नेपालमै  पहिलो पटक अत्याधुनिक रोबोटेक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

National life

भीमफेदी गाउँपालिकाको  समन्वयमा रिद्धि सिद्धि सिमेन्टको आयोजनामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए।

उक्त गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। प्रशासन प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्धिमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख  गणेश कुमार सिंहको पनि उपस्थिति थियो।  कम्पनी सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने बताएको छ।


प्रकाशित: Jan 29, 2023| 19:00 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्