सोमबार, जेठ ४, २०८३

भिभोको वाई ०२ नेपाली बजारमा

आकर्षक डिजाइनमा रहेको वाई ०२ मोडलमा ५००० एमएएच ब्याट्री, २ जिबी र्‍याम र ३२ जिबी रोम रहेको छ। यसको ३२ जिबी स्टोरेजलाई एक टिबीसम्म विस्तार गर्न सकिन्छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

भिभोले नेपालमा वाई सिरिजको नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ। ग्राहकहरूलाई सुलभ मूल्यमा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने उद्देश्यले यो मोडल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

National life

आकर्षक डिजाइनमा रहेको वाई ०२ मोडलमा ५००० एमएएच ब्याट्री, २ जिबी र्‍याम र ३२ जिबी रोम रहेको छ। यसको ३२ जिबी स्टोरेजलाई एक टिबीसम्म विस्तार गर्न सकिन्छ।

६.५१ इन्चको एचडी प्लस डिस्प्ले रहेको यो फोनमा इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ। यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ।

मिडियाटेक पी २२ द्वारा सञ्चालित भिभो वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा छ। कस्मिक ग्रे र अर्किड ब्लुमा उपलब्ध यो स्मार्टफोन रु. १२,४९९ मा देशभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

प्रकाशित: Jan 29, 2023| 18:30 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्