शनिबार, वैशाख १९, २०८३

छोरी जन्माउनेलाई नगदसहित सम्मान

विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा ‘छोरी सम्मान’ कार्यक्रम सञ्चालन गरिएको छ। विसं २०७९/८० को वार्षिक स्वीकृत छोरी सम्मान कार्यक्रममार्फत छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप गाउँपालिकाले तीन हजारसहित सम्मान गर्ने भएको हो।

विभेदीकरण अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि गाउँपालिकाले उक्त कार्यक्रमलाई अगाडि बढाएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए। उनका अनुसार स्वास्थ्य संस्थामार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरूप तीन हजारसहित सम्मान गरिनेछ। 

छोरीलाई पनि छोरासरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले बताए। उनले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझै पनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे।


प्रकाशित: Jan 29, 2023| 16:42 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।