सोमबार, वैशाख २८, २०८३

१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

कोरोना महामारीका कारण बिथोलिएका तीन वटा शैक्षिक सत्र आगामी १ वैशाखदेखि पुरानै लयमा हिँड्ने।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life

काठमाडौं– शिक्षा मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र १ वैशाखदेखि सुरु हुने बताएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि १ वैशाखदेखि सुरु हुने बताएका हुन्।

मन्त्रालयले एक वर्षअघि गरेको निर्णयलाई अहिले पुनः जानकारी गराएको उनको भनाइ छ। उनले भने, ‘२०८० बाट शैक्षिक सत्र पुरानै तरिकाबाट १ वैशाखदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो। अहिले धेरै विद्यालय, विद्यार्थी र अभिभावकलाई पनि चासोको भएका कारण स्मरण मात्र गराएका हौं।’

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ जेठसम्म चलेको थियो। २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ वैशाखसम्म चल्यो। २०७९ जेठदेखि चलेको शैक्षिक सत्र चैतमै सकिएर आगामी १ वैशाखदेखि पुरानै क्यालेन्डरमा सुरु गर्ने तयारीमा मन्त्रालयको रहेको उनले बताए।

प्रकाशित: Jan 29, 2023| 14:46 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्