सोमबार, जेठ ४, २०८३

अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

लगानीकर्तालाई बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न बोर्डको आग्रह।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– धितोपत्र बोर्डले अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीलाई कारबाही गरिने बताएको छ। आइतबार बोर्डले सूचना जारी गर्दै अनुमतिबिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गरिने बताएको हो।

National life

‘वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको छ। बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति दिएको छैन’, बोर्डले जारी गरेको सूचनामा भनिएको छ।

बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्न पूर्वस्वीकृतिका लागि निवेदन दिन गत २ असोजमा सूचना प्रकाशन गरेको थियो। तर सर्वोच्च अदालतको अल्पकालीन आदेशले सम्पूर्ण प्रक्रिया स्थगित भएका छन्। वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था छ। 

बोर्डले हालसम्म वस्तु विनिमय बजारसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति नदिइएको बताएको छ। बोर्डले लगानीकर्तालाई बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न आग्रह गरेको छ।

प्रकाशित: Jan 29, 2023| 13:30 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्