मंगलबार, वैशाख १५, २०८३

श्रीमतीको हत्या अभियोगमा भोजपुरबाट एक जना पक्राउ

श्रीमतीको हत्या अभियोगमा भोजपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life
kumari

भोजपुर- श्रीमतीको हत्या अभियोगमा भोजपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४१ वर्षीया श्रीमती गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। 

ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 29, 2023| 12:11 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।