मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life
kumari

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्। उपसभापति खड्काले निर्वाचन आयोगले फागुन २८ अघि हुने गरी निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका हुन्।

उनले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नुपर्ने बताएका छन्। दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुने उनको तर्क छ। ट्वीटमार्फत उनले यसतर्फ सबै ध्यान केन्द्रित हुनुपर्ने बताए।

कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ।

प्रकाशित: Jan 29, 2023| 10:09 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।