NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सन्‌राइज बैंकद्वारा सीआइबीलाई चेतनामूलक भिडियो हस्तान्तरण

सन्‌राइज बैंकद्वारा सीआइबीलाई चेतनामूलक भिडियो हस्तान्तरण

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई भिडियो हस्तान्तरण गरेका हुन्।
 |  शनिबार, माघ १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

vianetvianet
Metro Mart

काठमाडौं- सन्‌राइज बैंक लिमिटेडले केन्द्रीय अनुसन्धान ब्यूरोलाई बैंकिङ सुरक्षासम्बन्धी चेतनामूलक भिडियो हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई भिडियो हस्तान्तरण गरेका हुन्।

बैंकिङ क्षेत्रमा देखिएका विभिन्न विकृतिहरूलाई समेटेर भिडियो तयार पारिएको छ। जसमा बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सावधानी समेटिएको छ। बैंकले भिडियोलाई ‘कुशल’ नाम दिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक सञ्जालको प्रयोगगरी सर्वसाधारणको पहुँचसम्म पुर्‍याइने जनाइएको छ।


प्रकाशित: Jan 28, 2023| 17:34 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्