शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • विदेश
  • पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ

पूर्वी जेरुसलेम आक्रमण : आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जना पक्राउ

प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

जेरुसलम- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना गर्न भेला भएका श्रद्धालुमाथि प्यालेष्टाइनी बन्दुकधारीले आक्रमण गरी सात जनाको ज्यान लिएपछि प्रहरीले आक्रमणकारीको परिवारका सदस्यसहित ४२ जनालाई पक्राउ गरेको छ।

National life insurance

आक्रमणमा संलग्न रहेको आशंकामा सोधपुछका लागि उनीहरुलाई पक्राउ गरिएको इजरायली प्रहरीले आज एक विज्ञप्ति निकालेर जनाएको छ।

विज्ञप्तिमा पक्राउ परेकाहरूका सम्बन्धमा विस्तृत विवरण नदिइए पनि उनीहरू पूर्वी जेरुसलेमको नजिकै बसोबास गर्ने प्यालेष्टाइनी रहेको जनाइएको छ।  -एएफपी


प्रकाशित: Jan 28, 2023| 10:30. 00 शनिबार, माघ १४, २०७९

थप समाचार

राहुल गान्धीको गुम्यो सांसद पद

मोदी सरकारले पछिल्लो समय सरकारी संयन्त्र दुरुपयोग गरी विपक्षीमाथि धरपकड र निगरानी गरिरहेका बेला कंग्रेस आई नेता तथा सांसद राहुलको सांसद पद नै खारेज गरिएको...

दुई वटा रेल एकापसमा ठोक्किंदा ३२ जनाको ज्यान गयो

ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।

लागूऔषध ओसारपसारमा संलग्न आरोपमा १० जना पक्राउ

राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।