बुधबार, मंसिर १०, २०८२

ग्लोबल आइएमई बैंकले बाँड्यो शैक्षिक सामग्री

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन माध्यमिक विद्यालयलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री सहयोग गरेको हो।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकले चितवनको भरतपुर महानगर–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोगस्वरुप वितरण गरेको छ।

National life

श्रीपञ्चमी अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बागमती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापीलगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। 

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्री विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीलाई वितरण गर्नेछ। बैंकले स्थापनाकालदेखि नै विभिन्न समयमा यस्ता कार्यक्रम आयोजना गरी नागरिकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको बताएको छ।

कार्यक्रममा बैंकका सहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङ, शिक्षक तथा विद्यार्थी उपस्थित थिए।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 28, 2023| 13:17 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्