सोमबार, जेठ ४, २०८३

फोटोनका १४ र १७ सिटे इलेक्ट्रिक भ्यान बजारमा

फोटोनका भ्यान शैक्षिक संस्था, होटल, रुट, ट्राभल्स एन्ड टुर्स र अन्य संस्थाका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

National life

काठमाडौं– एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्र्याएको छ। १४ र १७ सिट क्षमतामा उपलब्ध यी भ्यान कम खर्चका साथै वातावरणमैत्री रहेको कम्पनीले बताएको छ।

फोटोन इभी भ्यान जर्मनीको टीयूभी रेइनल्यान्ड परीक्षण, निरीक्षण एवं प्रमाणीकरण संस्था डब्लूभिटीएका लागि तोकिएको प्राविधिक सेवाप्रदायक रहेको र युरोपेली सम्पूर्ण सवारीसाधनको स्वीकृति प्रमाणपत्र प्राप्त हो। कम्पनीका अनुसार फोटोनका यी कार्गो भ्यानको ब्याट्री क्षमता ५०.२३ किलो हर्षपावर छ। यी भ्यानको रेन्ज सिंगल चार्ज २३५  किलोमिटरसम्म छ।

भ्यानको ८५ किलोवाट पावर तथा २९० एनएम टर्क छ भने फोटोनका भ्यान घरमा पनि  चार्ज गर्न सकिनेछ। यी भ्यान दैनिक यातायातका लागि प्रयोग गर्न सहज हुने कम्पनीको दाबी छ। फोटोनका भ्यान शैक्षिक संस्था, होटल, रुट, ट्राभल्स एन्ड टुर्स  र अन्य संस्थाका लागि उपयुक्त रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। फोटोन मोटर्सका विद्युतीय यात्रु भ्यान काठमाडौंमा खरिद र टेस्ट ड्राइभका लागि उपलब्ध छन्। 

प्रकाशित: Jan 28, 2023| 12:03 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्