आइतबार, साउन ३, २०८३

मलेसियामा नेपाली रोजगारीको बाटो खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेपाल–मलेसियाबीच श्रमिक लाने विषयमा गरिने सम्झौता (एमओयू)को लागि सहमति जुटेको छ । कामदारको सम्पूर्ण आर्थिक भार रोजगारदाता कम्पनीले व्यहोर्ने सहमति भएसँगै सहमति जुटेको स्रोतले जनाएको छ । 

दुई देशका उच्च प्रतिनिधिहरुबीच शुक्रबार मलेसियाको क्वालालम्पुरमा भएको वार्तामा सहमति जुटेको हो । उक्त वार्तामा नेपालकोतर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्सीय टोलि सहभागी थिए । मलेसियाकोतर्फबाट मानव संसाधन र गृह मन्त्रालयका उच्च पदाधिकारीहरु वार्तामा सहभागी थिए । 

वार्ता उत्साहपूर्ण रुपमा सफल भएको र कामदारको हकहित र सुरक्षाका विषयमा दुवै देशले सम्बोधन गरेको जनाइएको छ ।

वार्तामा सम्झौताको मस्यौदामा सहमति जुटेसँगै अब दुवै देशले मलेसियामा कामदार आदान–प्रदान सम्बन्धी सम्झौताको लागि हस्ताक्षर सम्बन्धमा आन्तरिक तयारीको लागि मिति तय गर्ने भएको छ ।

दुई देशबीच सहमति जुटाउन पटक–पटकको छलफल, ड्राफ्ट आदान–प्रदान गरिएको थियो ।

मलिसियाका मन्त्री नेपाल आउने

स्रोतकाअनुसार वार्ताको क्रममा मलेसियाको मानव संसाधन मन्त्री नेपाल आउने टुंगो लागेको छ । सोही समय मलेसियामा नेपाली कामदार लाने विषयक सम्झौता–पत्रमा हस्ताक्षर हुने भएको छ । 

नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारसँग चर्को शुल्क असुली हुने गरेकोले त्यसलाई श्रम तथा रोजगार मन्त्रालयले रोक लगाएको थियो । 

श्रम मन्त्री गोकर्ण विष्टले यसमा संलग्न संस्थाहरु खारेजीको निर्णय गरेपछि दुई महिनायता मलेसियाको रोजगारी नेपालीका लागि रोकिएको हो ।  नेपालको सो अडानका कारण मलेसियालाई कामदार आपूर्ती सम्वन्धी व्यवस्थामा फेरवदल गर्न दवाव परेको हो ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्