मंगलबार, वैशाख १५, २०८३

सुनथराली विमानस्थलमा कालोपत्रे गरिंदै

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ। कालोपत्रे र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

मान्म- कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने र नाला बनाउने काम सकिन लागेको छ।

National life

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ। कालोपत्रे र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए। 'विमानस्थल निर्माण सकिन लागेको छ', उनले भने, 'चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ।

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन। नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए।

विमानस्थल निर्माणमा रु एक अर्बभन्दा बढी खर्च भएको छ। कालोपत्रे गर्न १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: Jan 27, 2023| 19:30 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।