मंगलबार, वैशाख १५, २०८३

मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्ड अलपत्र

तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने-लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

रुकुमपूर्व- राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ। तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने-लुकुम खण्डको कालोपत्रे तयारीको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७२-७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो।

National life

कालोपत्रेका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिए। यस खण्डमा कालोपत्रेका लागि ३८ करोड हाराहारीमा बजेट विनियोजन गरिएको थियो। 

उक्त बजेटबाट हाल ३० करोड हाराहारी काम भएको पौडेलको भनाइ छ। ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जीनियर पौडेलले बताए। कालोपत्रेका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उनले बताए।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो। उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिए। समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ। अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ।

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए। खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयवासीले तत्कालै काम नगर्न अनुरोध गरेका थिए। यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्यालासमेत नदिएको स्थानीय मजदुरले बताएका छन्। मजदुरले काम गरेबापतको पैसा नपाउनु दुःखद् भएको प्रजिअ सुनुवारले बताए।

kumari

मध्यपहाडी राजमार्गको रुकुमपूर्व खण्डको अधिकांश क्षेत्रमा कालोपत्रे भइसकेको छ। पातीहाल्ने-लुकुम खण्डमा कालोपत्रे नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमनमा असहज भइरहेको छ।

प्रकाशित: Jan 27, 2023| 22:00 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।