काठमाडौं- पदमार्ग क्षेत्रमा रहेको सिन्डीकेटविरुद्घ ट्रेकिङ गाइडहरू आन्दोलित बनेका छन्।
पर्यटन दिवसकै दिन बिहीबारदेखि अन्नपूर्ण क्षेत्र, मनास्लु र मनाङका पदमार्गहरुमा ट्रेकिङ गाइडलगायत पदमार्ग मजदुरहरुमाथि थोपरिएको सिण्डिकेटविरुद्ध गाइडहरू आन्दोलित बनेका हुन। स्थानीय युवा क्लबहरूले पदमार्ग मजदुरहरूसँग अनावश्यक पैसा उठाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।
नेपाल ट्रेकिङ-ट्राभल्स-र्याफ्टिङ-एअरलाइन्स पुरातात्विक-संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) र अखिल नेपाल पर्यटन मजदुर संघ नेपालले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको घोषणा गरेका हुन्।
अन्नपूर्ण क्षेत्रअन्तर्गत कास्कीको टाँडापानी, मनास्लु क्षेत्र र मनाङका विभिन्न क्षेत्रहरूमा मजदुरहरूले खाना खानुभन्दा पहिले नै २ देखि ७ दिनसम्मको लञ्च तथा डिनरको कुपन तिर्नुपर्ने र कुपन देखाएरमात्र खाना खान पाउने व्यवस्था तत्काल हटाउनुपर्ने मजदुरहरूको माग छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४