मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘रवि लामिछानेले राज्यलाई छल्ने, गलत सूचना दिने काम गरे’

‘रवि लामिछानेले राज्यलाई छल्ने, गलत सूचना दिने काम गरे’

गृहमन्त्री रविमा रविमा निष्ठा र आस्था नै नभएको वरिष्ठ अधिवक्ता भण्डारीको तर्क।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने काम गरेको आरोप लगाएका छन्।

National life

शुक्रबार सर्वोच्च अदालतमा जारी बहसका क्रममा रवि सांसद पदका लागि अयोग्य भएको दाबीसहित उनले यस्तो बताएका हुन्। शपथ पनि लिन नपर्ने, निस्सा पनि पेस गर्न नपर्ने, सहीछाप पनि गर्न नपर्ने, फोटो टाँस्न पनि नपर्ने तर सरकार आफ्नो हातमा लिनुपर्ने रवि प्रवृत्तिले देशका नागरिकहरू अल्पमतमा पर्ने उनको भनाइ थियो। 

‘उहाँले हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने गर्नुभएको छ। रविले इमानदारी देखाउनुभएको छैन। उहाँ अमेरिका अध्ययन गर्न गएको भन्नुभएको छ तर भर्खरै आईएसम्म पढेको भन्नुभएको छ। अमेरिका गएर पढेको छैन भन्नुभएको छ।’

भण्डारीले रविमा निष्ठा र आस्था नै नभएको बताए। ‘जिल्ला प्रशासन कार्यालयमा गएर दस्तखत गर्नुपथ्र्यो, सहीछाप गर्नुपथ्र्यो। त्यो उहाँले गर्नुभएको छैन,’ उनले भने।

प्रकाशित: Jan 27, 2023| 13:49 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।