सोमबार, जेठ ४, २०८३

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन ११ सय रुपैयाँले घटेको छ। बिहीबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो। बिहीबार ७०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ह्वात्तै  घटेको हो। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलमा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।  

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ६हजार ४०० रुपैयाँ थियो।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ। बिहीबार पनि सोही मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: Jan 27, 2023| 12:19 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्