मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

National life

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। त्यस्तै ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ। बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

आईपीओ खरिदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधि भित्रसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिने बताइएको छ।

kumari

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। साथै लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन्।

कम्पनीले प्रवर्द्धन गरिरहेको १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजना काम सम्पन्न भएर गत मंसिर १ गतेदेखि सञ्चालनमा आएको छ। उक्त आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित अनुमानित २० करोड १३ लाख रुपैयाँ रहेको छ। आयोजनाको कुल अनुमानित लागत तीन अर्ब रहेको छ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ।

प्रकाशित: Jan 27, 2023| 08:25 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।