मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिजोको तुलनामा आज तीन डिग्री सेल्सियसले घट्यो काठमाडौंको बिहानी तापक्रम

हिजोको तुलनामा आज तीन डिग्री सेल्सियसले घट्यो काठमाडौंको बिहानी तापक्रम

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

National life

जसको प्रभावले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेकोमा आज झरेर ५.८ डिग्री सल्सियस पुगेको हो।

तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

kumari

हाल देशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन।

प्रकाशित: Jan 27, 2023| 07:43 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।