आइतबार, वैशाख २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री यादव

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताएका हुन्।
 |  बिहीबार, माघ १२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

vianetvianet

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।

triton college

भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आज आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताएका हुन्।

नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा एकअर्काका पूरकसमेत रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री यादवले भने, 'ठूलो सङ्ख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन् ।' यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एकअर्काको पूरक भएको उनको भनाइ थियो ।

नेपाल–भारतको भाषा, संस्कृति, वेशभूषासमेत एकजस्तो भएको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको उल्लेख गर्दै उनले भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए।


National life insurance

प्रकाशित: Jan 26, 2023| 20:59 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।