मंगलबार, वैशाख १५, २०८३

सुकुम्बासी बस्ती हटाउन बालेनले मागे रविको सहयोग

गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

National life

आज दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न गएका हुन्।

भेटका अवसरमा बालेनले गत मंसिरमा सुकुम्बासी बस्ती हटाउन जाँदाको विवरण गृहमन्त्री लामिछानेलाई सुनाएका थिए। उनले प्रहरी र प्रशासनले असहयोग गरेको पनि गुनासो गृहमन्त्रीसँग गरेका थिए।

जवाफमा गृहमन्त्री लामिछानेले आवश्यकता हेरेर यसबारे निर्णय गर्ने जानकारी बालेनसहितको टोलीलाई गराएको भेटमा सहभागी एक सदस्यले जानकारी दिए।

प्रकाशित: Jan 26, 2023| 19:23 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।