सोमबार, जेठ ४, २०८३

गहुँ आयात रोकिँदा उद्योग बन्द हुने अवस्थामा

बजारमा मैदा र आँटा नपाउने र पाए पनि शतप्रतिशत भन्दा बढी मूल्य वृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन्।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं- भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। बजारमा मैदा र आँटा नपाउने र पाए पनि शतप्रतिशत भन्दा बढी मूल्य वृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन्। विशेषगरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने उद्योगहरु र मैदा तथा आँटा खपत गर्ने तन्दुरी, होटल र रेष्टुरेन्ट व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन्।

National life

भारतले ५० हजार टन गहुँ नेपाल निर्यात गर्न दिने निर्णय गरेको थियो। नेपालले ३० हजार टन गहुँ मात्रै आयात गर्न दिने निर्णय गरेको छ। ३० हजार टन गहुँ पनि नेपालका मैदा उद्योगले मात्रै आयात गर्न पाउनेछन्।

नेपाल मैदा उद्योग संघले भनेको छ, 'भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ। मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित छन्। आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले वहाँहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने भएको छ।'

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा-आँटाको मूल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई संघले दिँदै आएको छ। अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ। मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन। यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ।

संघले सरकारसँग भारत सरकारले दिएको पचास हजार टन गहुँ तुरुन्त मगाउनुपर्ने माग गरेको छ। बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख टन गहुँ आवश्यक पर्छ। गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाईदिन समेत माग गरिएको छ।

नेपालमा करिब १८ वटा बिस्कुट उद्योग, ३० वटा कुकिज उद्योग र ९ वटा चाउचाउ उद्योग छन्।

प्रकाशित: Jan 26, 2023| 18:08 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्