मंगलबार, वैशाख १५, २०८३

मोरङमा करदाता शिक्षाका लागि घरदैलो अभियान

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

मोरङ- आन्तरिक राजस्व संकलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरेको छ। 

National life

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ। सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन्। अभियानको शुभारम्भ गत मंसिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गरेको थियो। 

विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूआत गरिएको थियो। महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गरे। महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मंगलबारदेखि अभियान थालेको हो।    

 घरदैलो गर्दै घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको वा नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरे/नगरेको भन्ने यकीन गर्दै वडावासीसँग मित्रवत संवाद गरिएको थियो। करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको र म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडावासीसँग जनप्रतिनिधि र कर्मचारीले आग्रहसमेत गरेका थिए। 

अभियानको नेतृत्व गर्नुभएका महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरपालिका आर्थिकरूपमा पछाडि परेको बताए। उनले आन्तरिक आय वृद्धि गरी विकास निर्माण र प्रशासनिक सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न बजेट चाहिने हुँदा आन्तरिक आय वृद्धिका लागि करदाता शिक्षा अभियान सञ्चालन गरिएको बताए। महाशाखा प्रमुख गौतमले चालु आर्थिक वर्षको अन्तसम्म अभियान जारी रहने बताए।

kumari

महानगरपालिकाका लेखा अधिकृत सञ्जीवकुमार भट्टराईले वडावासीले घरजग्गाको नक्सा  पास नगराएको र पास गराए कुनै जरिवाना नलाग्ने भन्दै करसम्बन्धी सचेतना फैलाउँदै घरदैलोमा हिँडेको बताए। वडा नं २ का वडा सदस्य दीपक प्रधानले कर तिर्नु सबैको दायित्व रहेको बताए। महानगरपालिकाले २०७९ साललाई आन्तरिक आय अभिवृद्धि वर्षका रूपमा लिएको छ। 

प्रकाशित: Jan 26, 2023| 20:40 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।