आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • व्यावसायिक असफलतामा अप्रिय निर्णय नलिन उद्योग संगठन मोरङको अपिल

व्यावसायिक असफलतामा अप्रिय निर्णय नलिन उद्योग संगठन मोरङको अपिल

इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङले बताएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेको घटनाले सम्पूर्ण उद्योगी व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङले बताएको छ।

Kumaribank

यस दुखद् र मार्मिक घटनाले उद्योगी–व्यवसायीले भोग्दै आएको भित्री अन्तरवस्तु र पिडालाई उजागर गरेकाले यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन नियमनकारी निकायले उद्योगी–व्यवसायीहरुको उचित गुनासो, पिरमर्का, समस्यालाई गम्भिरतापूर्वक सुनी समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको संगठनले विज्ञप्तिमार्फत जनाएको छ। 

‘देशमै उद्यम व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुखद् आत्मदाहले राज्य र राज्यका संचालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको छ। यस दुखद् घटनाबाट पाठ सिकी काम गरी खान पाउने, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको रक्षाका लागि जिम्मेवार अभिभावकको रुपमा राज्य प्रस्तुत हुने गरी नीतिगत र प्रकृयागत सुधारका लागि सम्वन्धित सबैमा संगठन अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।  

उद्योग व्यवसायलाई पेशा बनाई दैनिक जीवनयापन गर्दै आएका व्यवसायीलाई असफलताबाट हतोत्साहित भई अप्रिय निर्णय लिनुभन्दा पनि पेशागत संघसंस्थाको माध्यमबाट पद्धति सुधारका लागि राज्यका संयन्त्रहरुलाई दबाब दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन संगठनले अपिल गरेको छ। ‘व्यवसाय संचालनका दौरानमा विभिन्न समयमा आइपर्ने वाधा व्यवधानको एकल रुपमा गरिएको प्रयासलाई असफलताको अन्तिम प्रयासका रुपमा व्याख्या नगरी यस संगठनको तर्फबाट समाधानका लागि सामूहिक प्रयासका लागि अनुरोध गर्दछौं,’ संगठनले भनेको छ।


प्रकाशित: Jan 26, 2023| 14:55 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।