सोमबार, वैशाख २८, २०८३

८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगर्ने परिपाटी सुधारका लागि प्रयास थालिसकेको शिक्षामन्त्रीको दाबी।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपालको शिक्षा प्रणालीमा संरचनागत परिवर्तन अपरिहार्य रहेको बताएका छन्। देशभरका झन्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने दायित्व आफ्नो काँधमा आएकाले शिक्षा क्षेत्रलाई संरचनागत सुधारको बाटोमा लैजाने तयारी थालिसकेको उनको दाबी छ।

National life

बिहीबार काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन्। 

नेपालको शिक्षा क्षेत्र जटिल अवस्थामा रहेकाले ठूलो संरचनागत परिवर्तनको खाँचो औंल्याउँदै शिक्षामन्त्री खनालले समयमै परीक्षाको नतिजा सार्वजनिक गर्ने र पाठ्यपुस्तक पाउने व्यवस्थाका लागि प्रयास थालिसकिएको जानकारी दिए। 

उनले भने, ‘पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेनन् र त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगरेको अवस्था छ। यसमा सुधार हुनैपर्छ। सुधारका लागि प्रयास सुरु गरिएको छ।’

विद्यालयदेखि विश्वविद्यालयमा पढ्ने करिब ८० लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारीमा रहेको र ४–५ लाख शिक्षकले अझै मिहिनेत गर्नुपर्ने खाँचो मन्त्री खनालले औंल्याए। सार्वजनिक क्षेत्रको शिक्षाको गुणस्तर अझै पनि चुनौतीपूर्ण रहेको र सामुदायिक क्याम्पसका समस्याबारे पनि अध्ययन जरुरी रहेको उनको धारणा छ।

प्रकाशित: Jan 26, 2023| 13:00 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्