बिहीबार, वैशाख १७, २०८३

हिमपातले जुम्लाको हवाई सेवा अवरुद्ध

तीन दिनदेखिको हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

National life

जुम्ला- तीन दिनदेखिको हिमपातका कारण जुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। लगातारको हिमपातले धावनमार्गमा हिउँ जमेपछि जहाज बस्न सकेको छैन।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो। उहाँका अनुसार आज भने मौसम राम्रो भए पनि धावनमार्गमा हिउँ जमेकाले जहाज अवतरण हुन सकिरहेको छैन।

नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धावनमार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए। धावनमार्गमा हिउँ जमेपछि बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा जमेको हिउँ फाल्ने काम सुरु गरेको छ।

प्रकाशित: Jan 26, 2023| 12:24 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।