शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • तिलगंगामा उपचार गराउनेलाई नबिल बैंकले आर्थिक सहयोग गर्ने 

तिलगंगामा उपचार गराउनेलाई नबिल बैंकले आर्थिक सहयोग गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा ९ असोजमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपत्रअनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्वारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत गत वर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएकोमा थप दुई वर्षको लागि उक्त सहयोग उपलब्द गराउने सम्झौता भएको छ। यस कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ। 

तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहकाबीच नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयाराम गोपाल अग्रवालले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा रीता गुरुङ्गले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा दुवैै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता थियो। 

सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष दयाराम गोपाल अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग विस्तार गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरे । नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्नका लागि नै नबिल फाउण्डेशनको स्थापना भएको र तिलगंगा आँखा प्रतिष्ठान जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाउँदा गौरवको अनुभुति भएको बताए।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङ्गले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरीरहेको र यसमा अझै धेरै कार्य गर्न बाँकी रहेको सन्दर्भमा नबिल फाउण्डेशनले यस पवित्र कार्यमा सहयोगका हातहरु अघि बढाएको भन्दै सहयोगको प्रशंसा गरे। साथै, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुईतले समेत फाउण्डेशनको यस कार्यको सह्राना गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।