मंगलबार, पुस १५, २०८२

ऋणको भार थेग्न नसकेर विराटनगरका व्यवसायीले आत्महत्या गरे

विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

विराटनगरका एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका-३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

National life

विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ।

उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षसमेत रहेका न्यौपानेले लेखेर छाडेको तीन पेजको सुसाइड नोट भेटिएको छ, जसमा उनले बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको उल्लेख छ।

बुबाआमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाँच्न लायक नभएको उल्लेख गरेका छन्।

सुसाइड नोटअनुसार उनले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएका थिए। बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ। त्यसैगरी, अर्को एक सहकारीमा १० लाख ऋण रहेछ।

Laxmi sunrise bank
kumari

दुई दिन अघिमात्रै इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। भोलिपल्ट अस्पतालमा उनको मृत्यु भएको छ। आचार्यले भने आफ्नो फेसबुकमा सुसाइड नोट लेखेका थिए। 

प्रकाशित: Jan 26, 2023| 11:07 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।