शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

शिवरात्रीमा पर्यटकीय गाउँ भुजुङमा लालीगुराँस कप फुटवल प्रतियोगिता हुने

लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

लमजुङ- लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ।

National life

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५ औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले बताए । 

फुटवल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन। प्रतियोगिताका विजयी टीमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइने भउको छ। दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ। 

सेमीफाइनलमा पराजित २ टीमलाई नगद १०/१० हजार रुपैयाँ दिइने भएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ।

प्रकाशित: Jan 26, 2023| 10:08 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।