बिहीबार, वैशाख १७, २०८३

रुपन्देहीमा टिपर खोलामा खस्दा एक जनाको मृत्यु

बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

National life

रुपन्देही- बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नम्बर ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ना८ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो।

बुधबार राति भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो। 

दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 26, 2023| 09:58 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।