शनिबार, चैत ११, २०७९

सिद्धार्थ यातयात प्रालिको उदाहरणीय काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
भैरहवा- सरकारले यातयात क्षेत्रमा सिन्डीकेट खारेज गर्दै व्यवसायीलाई प्रालिमा लाने निर्णय गरेपछि प्रदेश ५ मा पहिलोपटक प्रालि दर्ता गरेको कम्पनि हो सिद्धार्थ यातयात प्रा.लि । 

यो समितीले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सरकारले बढाएको १० प्रतिशत भाडादर नबढाई पुरानै भाडादरमा यात्रुलाई ओसार पसार गर्ने भएको छ ।

भैरहवामा प्रधान कार्यलय रहेको प्रा.लिका अध्यक्ष सुर्य कुमार सारु मगरले भने ‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै पुरानै भाडादरमा सेवा दिने भएका हौं । ’

नेपाल सरकार र यातयात व्यवसायीबीच १० प्रतिशत भाडादर बढाउने निर्णय भई सोही अनुसार अन्य समितीका बसहरुले भाडा लिईरहेको बेला प्रा.लिले गरेको कार्य उदाहरणीय भएको भन्दै यात्रुले खुसी पनि व्यक्त गरेका छन् । बुटवलदेखी भैरहवा सम्म बसको यात्रा गरेर भैरहवा आईपुगेका सिनपा १२ जनतापथका रामचन्द्र टमटाले भने ‘यो बस छिटो पनि रहिछ, बसमै टिकट पनि दिंदो रहिछ, अब भाडा पनि पुरानै लिनेभएपछि हामीलाई के चाहियो । ’

बुद्ध जन्मस्थलबाट सन्चालनमा आएको प्रा.लिले सबै बसको रंग बुद्धकलर (पहेलो) गराएको छ । बसमा एसी पनि जडित छ भने यात्रुहरुलाई गन्तब्य अनुसारको बसभित्रै रकम तिरे बराबरको टिकट पनि दिने गरिन्छ । 

यसैबीच उक्त बसले सीमावर्ति क्षेत्रमा बेखर्चि भएकाहरुलाई बेलहियामा रहेको यात्रु सहायता कक्षको सिफारिश भएमा बसको गन्तब्य सम्म निशुल्क यात्रा गराउने पनि जनाएको छ । 

यातयात क्षेत्रमा लामो अनुभव संगालेका भारतीय सेनाबाट निवृत सुर्यकुमार सारुमगरको नेतृत्वमा सञ्चालित प्रा.लि यस क्षेत्रका पश्चिम नेपाल र सिद्धार्थ यातयात व्यवसायी समिति मात्रै होइन, कपिलवस्तु, नवलपरासी, दांग राप्ती, तानसेन, गुल्मी, अर्घाखाची, बर्दिया, बाके, स्वर्गद्वारी क्षेत्रका विभिन्न यातयात व्यवसायीसंग प्रतिस्पर्धा गर्दै आगाडी बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।