शनिबार, वैशाख १९, २०८३

ट्र्याक्टर दुर्घटनामा परी पोखरामा एक जनाको मृत्यु

पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

National life

पोखरा- पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको  ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। 

ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको थियो।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: Jan 26, 2023| 07:24 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।