आइतबार, कात्तिक १६, २०८२

यातायात कार्यालय धनकुटाका प्रमुखलाई कालोमोसो

बुधबार दिउँसो लुइँटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं- यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा (बहुमत) का कार्यकर्ताहरूले कालोमोसो दलेका छन्। बुधबार दिउँसो लुइँटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो।

Kumaribank

नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत कालोमोसो छ्यापिएको जिम्मा लिएका छन्। उनले कार्यालय प्रमुख लुइँटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घूस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकोले चेतावनीस्वरुप कालोमोसो दलेको बताएका छन्।

कर्मचारीहरूले कार्यालयमा काम गर्ने वातावरण नबनेको भन्दै सुरक्षाको व्यवस्था नभएसम्म काम नगर्ने चेतावनी दिएका छन्। घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न समेत उनीहरूले माग गरेका छन्।

धनकुटा प्रहरीले कार्यालय प्रमुख लुइँटेलमाथि कालोमासो दलेको घटनामा संलग्न रहेका व्यक्तिहरूको पहिचान भए पनि कोही पक्राउ नपरेको जनाइएको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 25, 2023| 18:38 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।