सोमबार, जेठ ४, २०८३

हरिवंशले किने विद्युतीय गाडी

मंगलबार आचार्यले बीवाइडीको एटो ३ मोडल खरिद गरेका हुन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

National life

काठमाडौं- कलाकार हरिवंश आचार्यले विद्युतीय एसयूभी गाडी किनेका छन्। मंगलबार आचार्यले बीवाइडीको एटो ३ मोडल खरिद गरेका हुन्।

उनले सामाजिक सञ्जालमा ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाइडीको गाडीमा’ भनेर लेखेका छन्। आचार्य बीवाइडी एटो ३ को ब्राण्ड एम्बेस्डरसमेत हुन्। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले आचार्यले विद्युतीय सवारीसाधन छनोट गरेर इभीको विस्तारमा हौसला प्रदान गरेको बताएको छ।

आचार्यलाई मंगलबार नै साइमेक्सले गाडी डेलिभरी दिइएको जनाएको छ। नेपालमा यो गाडीको मूल्य ८९.९० लाख रुपैयाँ कायम गरेर बिक्री सुरु गरिएको थियो।


प्रकाशित: Jan 25, 2023| 19:00 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्