शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेशसम्म फैलिँदै ओली-प्रचण्डले सुरु गरेको रातो मफलर क्रेज

प्रदेशसम्म फैलिँदै ओली-प्रचण्डले सुरु गरेको रातो मफलर क्रेज

धेरै सांसदले चिटिक्क रातो मफलर लगाएका छन्। पुरुषमात्र हैन केही महिला सांसदले पनि रातो मफलर पहिरिएको देख्न सकिन्छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

प्रतिनिधिसभाका पछिल्ला केही बैठकको दृष्य याद गर्नुभयो भने एउटा चाखलाग्दो कुरा देखिन्छ। धेरै सांसदले चिटिक्क रातो मफलर लगाएका छन्। पुरुषमात्र हैन केही महिला सांसदले पनि रातो मफलर पहिरिएको देख्न सकिन्छ। 

National life

नविर्वाचित सांसदको शपथ ग्रहणमै यसको संकेत देखिएको थियो। नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रातो मफलर लगाएर संसद् पुगेका थिए।

त्यसपछिका स‌ंसद् बैठकमा रातो मफलरमा सजिने सांसदको संख्या बढ्दै गयो। थुप्रै पुरूष सांसद र केही महिला सांसदहरुले कोटसँगै रातो मफलर लगाउने गरेका छन्। कम्युनिष्टहरु क्रान्तिकारी हुने भएकाले रातो रंग मन पराउने तर्क पनि कतिपयले गरेका छन्। तर रातो मफलरको क्रेज कांग्रेस र अन्य पार्टीका सांसदमा पनि देखिएको छ।

केन्द्रको यो फेसन प्रदेशमा पनि सरेको छ। बुधबार बागमती प्रदेशका नवनियुक्त केही मन्त्री र प्रदेश प्रमुख पनि शपथका क्रममा रातो मफलरमा देखिए। अन्य प्रदेशमा पनि रातो मफलरलाई सांसद र मन्त्रीहरुले रुचाएको देखिएको छ। 


 

 

 

प्रकाशित: Jan 25, 2023| 15:42 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।