NadaNada
बिहीबार, भदौ ५, २०८२

चिसो छल्न कर्णालीका जनप्रतिनिधि सहर पसे

भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet

सुर्खेत- भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो। यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ। कर्णाली प्रदेशको सबैभन्दा ठूलो समस्य पनि यही रहेको छ। 

सदरमुकाममा रहेका टावरहरु सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। हुम्लाको यारी, हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ। त्यस्तै लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ। उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ।

कर्णाालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्याधिक हिमपात भएको छ। जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ। लामो समयदेखि काला देखिएका यहाँका हिमालहरु सेताम्य भएका छन्। 

अग्ला ठाउँमा रहेका सबै बस्तीहरु हिमपातका कारण सेताम्य भएको सर्वसाधारणले बताएका छन्। सबैभन्दा बढी हिउँको प्रभाव हिमाली जिल्लामा देखिएको छ। डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प भएको छ। लामो समयदेखि पानी नपरेर अकाशे पानीको भरमा लगाएको खेतीबालीमा भने राहत पुगेको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हिमपातकै बीचमा लोसार पर्व बनाइने काम जारी रहेको गाउँपालिका उपाध्यक्ष प्रेमा दोर्जेले बताए। हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ।

छार्काताङसुङका निमा गुरुङका अनुसार हिमपातले पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ।   हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज ,सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलबभत्ता बुझ्ने गरेका छन्। जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसानहरुले बताएका छन्। 

Metro Mart

विकास निर्माणका कामहरू पानी परेका कारण जमिन खन्न सजिलो हुने भएपछि उपभोक्ता समितिहरू खुसी भएका छन्। हिमाली जिल्लाहरूमा भने चिसो मौसममा पुरै विकास निर्माणका कामहरु ठप्प हुने गर्दछन्। वैशाखदेखि मात्र विकास निर्माणका कामहरु सूचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन्।

अहिले हिमपात कारण विकासे काम गर्न मुस्किल हुँदै आएको छ। कात्तिकदेखि वैशाखसम्म विकासका कामहरु ठप्प हुने गरेको पाइन्छ। चिसो र हिमपातको कारण देखाउँदै विकास निर्माणको कामहरू रोक्दै आएको पाइन्छ।  यहाँका विद्यालय समेत बन्द रहेका छन्। अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा विदा हुने गर्दछ। - न्युज कारखाना

प्रकाशित: Jan 25, 2023| 13:21 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।