शनिबार, वैशाख १९, २०८३

४ हजार ऋण तिर्न नसक्दा आत्महत्या

सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले १५ हजार ऋणमध्ये बाँकी रहेको ४ हजार रुपैयाँको किस्ता तिर्न नसकेर आत्महत्या गरेका हुन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

काठमाडौं– सप्तरीमा स्थानीय लघुवित्तको किस्ता तिर्न नसकेर एक पुरुषले आत्महत्या गरेका छन्। सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले १५ हजार ऋणमध्ये बाँकी रहेको ४ हजार रुपैयाँको किस्ता तिर्न नसकेर आत्महत्या गरेका हुन्।

National life

मरिक घरभन्दा ३ सय मिटर दक्षिणमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

मरिकले गाउँमा रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट अघिल्लो वर्ष १५ हजार रुपैयाँ ऋण लिएका थिए। यसमध्ये ११ हजार रुपैयाँ ऋण तिरिसकेकामा ४ हजार तिर्न बाँकी थियो। छिन्नमस्ता गाउँपालिकाका विद्यमान चौधरीका अनुसार सोमबार मासिक बैठक थियो। तर उक्त बैठकमा किस्ता तिर्ने पैसा नभएपछि मरिककी श्रीमती उर्मिलादेवी पुगिनन्।

बैठकमा नपुगेपछि संस्थाका कर्मचारी घरमै आएर पैसा तिर्न दबाब दिएको र त्यसपछि ऋण खोज्न हिँडेका मरिक मृत भेटिएको वडाध्यक्ष चौधरीले बताए।

उनले अघिल्लो वर्ष मंसिरमा छोराको बिहेका लागि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार रुपैयाँ ऋण लिएका थिए। यसमध्ये आधाभन्दा बढी ऋण तिरिसकेकामा करिब ४४ हजार रुपैयाँ तिर्न बाँकी छ। उक्त ऋण रकम सबै बिहेमा सकिएपछि मरिकले श्रीमतीलाई गाउँकै वित्तीय संस्थामा आबद्ध गराई १५ हजार रुपैयाँ ऋण लिएका थिए।

प्रकाशित: Jan 25, 2023| 12:05 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।