NadaNada
बिहीबार, भदौ ५, २०८२

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द

१० माघदेखि ९ फागुनसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गरिँदै।
 |  बुधबार, माघ ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

vianetvianet
Metro Mart

पाल्पा– तानसेन–रिडी–तम्घास सडक खण्ड एक महिना बन्द हुने भएको छ। सो सडक खण्डको मालमूल–जोर्ते क्षेत्रमा सडक चौडा गर्न महिना दिन बन्द हुने भएको हो। १० माघदेखि ९ फागुनसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राती १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।

यसअघि पनि सोही सडक खण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदै आएको थियो। उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आउजाउ गर्छन्। सडक खण्ड भएर आउजाउ गर्ने यात्रुले वैकल्पिक रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: Jan 25, 2023| 11:45 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्