बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रेम आत्मदाहपछि पुराना नेतालाई दोष लगाउँदै रविले लेखे- नयाँको आगमनले पनि उत्साह थप्न सकेन

प्रेम आत्मदाहपछि पुराना नेतालाई दोष लगाउँदै रविले लेखे- नयाँको आगमनले पनि उत्साह थप्न सकेन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने अवस्थाको सिर्जना हुनु मुलकका लागि ठूलो दुर्भाग्य भएको बताएका छन्।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

National life

काठमाडौं- उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने अवस्थाको सिर्जना हुनु मुलकका लागि ठूलो दुर्भाग्य भएको बताएका छन्।

सामाजिक सञ्जालमार्तफ गृहमन्त्री लामिछानेले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम भएको टिप्पणी गरेका छन्। 

नयाँ अनुहारको आगमनलेसमेत जनतामा उत्साह थप्न नसकेको भन्दै उनले दु:ख लागेको बताए। 'एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नुहोला। तपाईंको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।'

प्रकाशित: Jan 25, 2023| 10:31 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।