बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ हुँदै

गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

National life

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा अन्तिम सुनुवाइ आज हुने भएको छ। पुस २२ गते संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो। गृहमन्त्री लामिछानेको नेपाली राहदानीमा पनि प्रश्न उठेको छ। अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी लिएको आरोप उनीमाथि छ। 

प्रकाशित: Jan 25, 2023| 09:03 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।